ग्रे लिस्ट’ बाट निकाल्न घरजग्गा कारोबारमा कडाइ, बैंक स्टेटमेन्ट अनिवार्य

भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा कारोबार गर्दा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटेमन्ट पनि अनिवार्य गरेको हो । बुँदागत रुपमा निम्न अनुसारको परिवर्तन गरिएको छ ।

१. केवाईसी फारम भर्नुपर्नेः घर जग्गा व्यवसायी वा क्रेा तथा विक्रेता दुवैको केवाईसी फारम भर्न लगाई लिखत रुपमा सिस्टममा अपलोड गर्नुपर्नेछ । भूसेवा केन्द्र दर्ता वा नविकरण गर्दा संचालकको पनि केवाईसी भर्नुपर्ने छ ।

२. बैकिङ प्रणाली मार्फत कारोबार गर्नुपर्नेः १० लाख रुपैयाँभन्दा माथिको कारोबार, बैकिङ प्रणाली वा विधुतीय भुक्तानी गर्नुपर्ने । ५० लाख रुपैयाँ माथि चेक मार्फत भुक्तानी गर्दा गुड फर पेमेन्ट चेक मार्फत गर्नुपर्नेछ ।

३. बैङक स्टेटमेण्ट संलग्न गर्नुपर्नेः घरजग्गाको कारोबार गर्दा खरिदकर्ताको बैंक खाताबाट बिक्रिकर्ताको खातामा कारोबार रकम जम्मा भएको प्रमाण बैंक स्टेटमेण्ट संलग्न गर्नुपर्छ ।

४. राजश्व खातामा जम्मा गर्नुपर्नेः १० लाख रुपैयाँ भन्दा बढीको १० लाख रुपैयाँ भन्दा बढीको घर जग्गा खरिद बिक्रिको कारोबार गर्दा लाग्ने रजिष्ट्रेशन शुल्क तथा लाभकर राजश्व खातामा जम्मा गर्नुपर्दछ ।

५. बैनाबट्टाको कागजमा खुलाउनुपर्नेः १० लाख रुपैयाँ भन्दा बढीको बैनाबट्टा भएको भए त्यस्तो रकम खरिदकर्ताको बैंक खाताबाट बिक्रिकर्ताको बैंक खातामार्फत लेनदेन भएको विवरण बैनाबट्टाको कागजसाथ पेस गर्नुपर्दछ ।

Join The Discussion

Compare listings

Compare